नियम
होटेलमा हुनु पर्ने सुविधा
(१) पर्यटक स्तरको साधारण होटेल घटीमा देहाय बमोजिमको
सुविधायुक्त हुनु पर्नेछ ः–
(क) सुत्ने कोठा कम्तीमा दशवटा हुनु पर्ने र ती सबैमा पर्याप्त प्राकृतिक
प्रकाश आउन सक्ने र हावा चल्ने हुनु पर्ने ।
(ख) पच्चीस प्रतिशत कोठाको साथमा स्नानागार तथा शौचालय (
वाथरूम) संलग्न हुनु पर्ने र अन्य प्रत्येक चार कोठाको निमित्त एकको
हिसावले आवश्यक संख्यामा स्नानागार तथा शौचालय हुनु पर्ने ।
(ग) सबै कोठाहरूमा आधुनिक फर्निचर र विजुलीको राम्रो प्रबन्ध हुनु पर्ने ।
(घ) सबै कोठाहरू नेपाली कला र संस्कृति झल्काउने किसिमले सजाइएको
हुनु पर्ने ।
(ङ) स्नानागार तथा शौचालयमा राम्रा र बलिया साधन जडिएको र पर्याप्त
मात्रामा तातो पानी र चिसो पानीको प्रबन्ध हुनु पर्ने ।
(च) स्वागत कक्ष (रिसेप्सन काउण्टर) राम्रोसंग सजाइएको र सकभर
टेलिफोनयुक्त हुनु पर्ने ।
(छ) भोजन गर्ने कोठा (डाइनिंग हल) र भान्छा कोठा आवश्यक सामान
सहित सफा सुग्घर हुनु पर्ने ।
(ज) लुगा धुने राम्रो प्रबन्ध हुनु पर्ने ।
(झ) अधिकांश वरिष्ठ कर्मचारी होटेल व्यवसायमा अनुभवी र अंग्रेजी बोल्न
जान्ने हुनु पर्ने ।
(ञ) कर्मचारीहरूको पोशाक सफा सुग्घर र एकनासको हुनु पर्ने ।
(ट) ऋतु अनुसार पंखा वा हिटरको प्रबन्ध हुनु पर्ने ।
(ठ) प्राथमिक उपचार (फष्ट एड) र आगो निभाउने यन्त्र (फायर फाइटिंग
इक्यूपमेण्ट) को प्रबन्ध हुनु पर्ने ।
(२) पर्यटक आवास र एक तारादेखि पाँचतारा सम्मको पर्यटक स्तरको होटल ऐनको दफा
११ बमोजिम गठित स्तर निर्धारण समितिको राय लिई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिए बमोजिमको सुविधायुक्त हुनु पर्नेछ ।